• २०८१ बैशाख ७ शुक्रबार

इरानका सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

kharibot

काठमाडौँ । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीको अकाउन्ट बन्द गरिदिएइको थियो । सो भिडियोमा दुई बर्षअघि ट्रम्प फ्लोरिडामा गल्फ खेलिरहेको बेला उनलाई रोबोटले निशाना बनाएको देखाइएको छ । 

ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो । खमेनीको आधिकारिक वेबसाईटमा ‘बदला निश्चित छ’ भन्ने भिडियोलाई पनि केही दिन अघि ट्विटरले हटाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै