• २०८१ बैशाख ५ बुधबार

अस्ट्रेलियाद्वारा जोकोभिचलाई देश निकाला

kharibot

काठमाडौँ । टेनिस सुपरस्टार नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट निकाला गरिएको छ ।

जोकोभिचले अष्ट्रेलियामा रहनको लागि आफ्नो अन्तिम कानुनी लडाईमा अदालतले सरकारको पक्षमा निर्णय दिएपछि अस्ट्रेलियन सरकारले उनलाई देश निकाला गरेको हो ।

अदालतको फैसलापछि प्रतिक्रिया दिदै जोकोभिचले आफु फैसलाबाट निराश भएपनि अदालतको आदेश मान्ने बताएका थिए ।

जोकोभिचलाई अस्ट्रेलियन सरकारले मेलवर्नबाट दुबई जाने विमानमा पठाइएको बिबिसीले उल्लेख गरेको छ ।   

संघीय अदालतले खोप नलगाएका सर्बियाली खेलाडी जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई समर्थन गरेको थियो । सरकारले ३४ वर्षीया जोकोभिचले स्वास्थ्य मापदण्ड पालना नगरेको आरोप लगाउदै दुई पटक भिसा रद्द गरेको थियो ।

अदालतको यो निर्णय सँगै जोकोभिच अब मेलबर्नमा हुने अस्ट्रेलियन ओपन खेल्न असफल भएका छन् । उनले सोमबार आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको थियो ।

तीन न्यायाधीशको प्यानलको समक्ष आइतवार भएको अदालतको सुनुवाइको क्रममा, जोकोभिकको बचाव पक्षले सरकारले दिएको आधार अमान्य र अतार्किक भएको बताएका थिए ।

जोकोभिच मेलबर्नको एक अध्यागमन हिरासत होटलमा बस्दै आएका छन्, जुन ठाउँमा उनको भिसा पहिलो पटक जनवरी ६ मा उनको आगमन पछि खारेज भएपछि उनलाई लगिएको थियो ।

अस्ट्रेलियन ओपन अहिले सम्म ९ पटक जितेका जोकोभिचले पछिल्लो तीन बर्षदेखि लगातार यो उपाधि जितेका छन् । यस बर्षको अस्ट्रेलियन ओपनमा विशेष चासो हुनुमा उनले यो उपाधि जितेमा उनी विश्वमा सबैभन्दा बढी ग्राण्ड स्लाम जित्ने विश्वको पहिलो खेलाडी हुने थिए । अहिले जोकोभिचसहित राफेल नाडाल र रोजर फेडेररले २०-२० ग्राण्ड स्लाम जितेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै