• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा २० अंकको वृद्धि

kharibot

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा २० अंकको वृद्धि भएको छ ।

सोमबार नेप्से २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै सोमबार २२४ कम्पनीको ९६ हजार ४०८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । यस कम्पनीको आज ४४ करोड ५४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपि हाइड्रोको ४१ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका विकास बैंक, फाइनान्स, लगानी, माइक्रो फाइनान्स र ट्रेडिङ उपसूचक बाहेक सबै उपसूचकको मुल्य बढेको छ ।

नेप्सेका अनुसार आज हाइड्रो उपसूचकको सबैभन्दा बढी १.६१   प्रतिशतले बढेको छ भने आज म्युचुअल फण्ड उपसूचकको मुल्य १.२७  प्रतिशतले बढेको छ ।

त्यस्तै आज मध्य भोटेकोशीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज एनएमबि बैंकको डिभेन्चरको मुल्य सबैभन्दा बढी ३.९५ प्रतिशतले घटेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै