• २०८१ बैशाख ७ शुक्रबार

मेसी र सलाहलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले जिते फिफाको 'द बेस्ट २०२१' को उपाधि

kharibot

काठमाडौँ । लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवानडोस्कीले फिफाको 'द बेस्ट २०२१' को उपाधि जितेका छन् ।

लेवानडोस्कीले लगातार दोस्रो बर्ष फिफाको 'द बेस्ट' अवार्ड जितेका हुन् । यसअघि २०२० मा पनि यो अवार्ड उनले नै जितेका थिए ।

अवार्ड जितेपछि लेवानडोस्कीले यो ट्रफी जित्न पाउँदा धेरै सम्मानितमहसुस गरेको बताउदै यो आफ्नो टिमका साथीहरू र प्रशिक्षकहरूको भएको बताएका छन् ।

बेलुन डो अर विजेताले फिफाको बर्ष खेलाडीको उपाधि जित्न नसकेको यो पहिलो पटक हो । यस बर्ष लियोनेल मेसीले बेलुन डो अर को उपाधि जितेका थिए ।

लागाता दुई बर्ष यो अवार्ड जितेसँगै लेवानडोस्की क्रिष्टियानो रोनाल्डोसँग २-२ पटक यो अर्वार्ड विजेताको रुपमा बराबरी गरेका छन् ।

लेवानडोस्कीको २०२१ बर्ष निकै उत्कृष्ट रहेको थियो । उनले बायर्न म्युनिखलाई बुन्डेसलिगा,डीएफएल-सुपरकप, युइएफए सुपरकप र क्लब विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

द बेस्ट २०२१ का सबै विजेताहरू:

फिफाको उत्कृष्ट पुरुष खेलाडी - रोबर्ट लेवानडोस्की
फिफाको उत्कृष्ट महिला खेलाडी - एलेक्सिया पुटेलास
फिफा फ्यान अवार्ड - डेनमार्क र फिनल्याण्ड फ्यानहरू
फिफाको उत्कृष्ट पुरुष प्रशिक्षक – थोमस टुचेल
फिफा उत्कृष्ट महिला प्रशिक्षक - एम्मा हेस
फिफा फेयर प्ले अवार्ड - डेनमार्क राष्ट्रिय टोली र कर्मचारी
पुस्कास अवार्ड - एरिक लामेला
उत्कृष्ट फिफा पुरुष गोलकिपर - एडवर्ड मेन्डी
फिफाको सर्वोत्कृष्ट महिला गोलकिपर – क्रिस्टियन एन्डलर
फिफा बेस्ट स्पेशल अवार्ड - क्रिस्टीन सिन्क्लेयर
फिफा बेस्ट स्पेशल अवार्ड - क्रिस्टियानो रोनाल्डो

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै