• २०८१ बैशाख ७ शुक्रबार

समर्स्वीलाई युट्युब सेन्सेसनल स्वप्न सुमनको साथ

kharibot

काठमाडौँ । गोरखा ब्रुअरीको उत्पादन समर्स्वी एप्पल साइडरले गायक स्वप्न सुमनलाई आफ्नो भ्यालेन्टाइन डेको नयाँ क्याम्पेनमा प्रमुख चेहेराको रुपमा प्रस्तुत गरेको छ । 

नेपाली गायन क्षेत्रमा युट्युबका सेन्सेसनल गायकको रुपमा परिचय बनाएका सुमनलाई समर्स्वीको क्याम्पेनमा मोडल जस्मिन खड्काले साथ दिएकी छन् । समर्स्वीको उत्पादक गोरखा ब्रुअरीले समर्स्वी एप्पल साइडर क्रिस्प र रिफ्रेस रहे जस्तै सुमनको गायनले पनि दर्शकलाई रिफ्रेस बनाइरहने हुनाले दुवैमा धेरै कुरा समान रहेको र सुमनको एशोसियसनले युवावर्गमा समर्स्वीको लोकप्रियता अझै बढ्ने विस्वास गरेको छ । 

अर्बिट्रेरी रेकर्डसँग सम्बन्धित रहेका सुमनले द कफी सन्ग, के साह्रो राम्रो भाको, ए हेलो, कसरी भनु, मा तिम्रो जस्ता सुपर हिट गीत गाएर लाखौ स्रोता तथा दर्शकको मन जित्न सफल भएका छन् । उनका गीतहरुलाई युट्युबमा लाखौ दर्शकले हेरेर साथ दिएका छन् ।

गोरखा ब्रुअरीको उत्पादन समर्स्वी एप्पल साइडर २०१६ मे महिनामा नेपालमा सुरुवात भएको हो । समर्स्वी कर्बोनेटेड अल्कोहल ड्रिंकको रुपमा नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएको छ । अल्कोहलको मात्र ४.५ प्रतिशत मात्र रहेको समर्स्वी नेपाली बजारमा २५० एमएलमा उपलब्ध रहेको छ ।

  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै