• २०८१ बैशाख १२ बुधबार

किन भयो धनुष र ऐश्वर्याको सम्बन्ध बिच्छेद ?

kharibot

काठमाडौँ । सोमबार राति दक्षिण भरतीय फिल्मका सुपरस्टार धनुष र रजनीकान्तकी छोरी ऐश्वर्याले वैवाहिक जीवनबाट अलग-अलग भएको घोषणा गरे । यो खबरले साउथ फिल्म उद्योगसँगै विश्वभरका उनीहरुका फ्यानलाई स्तब्ध बनाएको छ । यी दुईलाई आदर्श जोडी मानिन्थ्यो । धनुष साउथ फिल्म इन्डस्ट्रीका सबैभन्दा सफल स्टार मध्येका एक हुन् । ऐश्वर्या फिल्म निर्देशक हुन् । दुईको सम्बन्धविच्छेदपछी सिंगो इन्डस्ट्रीसँगै फ्यानको मनमा पनि यो प्रश्न उठेको छ ।

रिपोर्टका अनुसार सन् २०१९ देखि उनीहरुको सम्बन्धमा केही ठीक नभएको बताइएको छ । धनुष-ऐश्वर्याको सम्बन्ध बाहिरी दुनियाँको भन्दा अलि फरक थियो, तर बन्द ढोकाबाट बिछोड सुरु भइसकेको थियो । यसका २ मुख्य कारण मानिन्छन् । पहिलो– सह–कलाकारसँगको आफ्नो सम्बन्धका कारण धनुष समाचारमा रहनु र दोस्रो– फिल्म निर्देशकको रुपमा ऐश्वर्या असफल हुनु ।

तीन अभिनेत्रीसँग जोडियो धनुषको नाम

समय समयमा धनुषको सह–अभिनेत्रीसँगको सम्बन्धको खबर यस सम्बन्ध बिच्छेदको ठूलो कारण बनेको साउथ सिनेमासँग जोडिएका मानिसहरु बताउँछन् । धनुषसँग जोडिएको नाममा अमला पल, श्रुति हासन र त्रिशा कृष्णनको नाम सबैभन्दा अगाडि छ । उनको नाम २०२० मा श्रुतिसँग जोडिएको थियो । श्रुतिले धनुषसँग ऐश्वर्याको निर्देशनमा बनेको फिल्ममा काम गरेकी थिइन् । धनुषसँग त्रिशा कृष्णन र अमला पलको नाम पनि जोडिएको छ । तृषा र धनुषलाई उद्योगमा असल साथी मानिन्छ । यी समाचारका कारण धनुष–ऐश्वर्याबीच तनावको अवस्था सिर्जना भएको थियो ।

रजनीकान्तकी छोरीले साउथ सिनेमामा काम पाइनन् :

रजनीकान्तकी छोरी भएर पनि ऐश्वर्याले साउथ इन्डस्ट्रीमा जति काम पाउनुपर्ने थियो, त्यति पाइनन् । सुरुका तीन फिल्मपछि उनको कुनै काम थिएन । सोही फिल्ममा धनुषले संगीतकार अनिरुद्धको धुनमा कोलावेरी-डी गीत गाए, जुन फिल्म रिलिज हुनुअघि नै चार्टबस्टर साबित भयो । यस फिल्ममा धनुषको अपोजिट श्रुति हासनले अभिनय गरेकी छिन् । 

साउथ सिनेमालाई जसरी पनि पुरुष प्रधान उद्योग मानिन्छ । यहाँ केटीहरूले नायिकाको रूपमा मौका पाउँछन् तर निर्देशनजस्ता काममा त्यति धेरै अवसर पाउँदैनन् । जसका कारण ऐश्वर्याले पहिलो फिल्मपछि अर्को फिल्म पाइनन् । उनले केही सर्ट फिल्म र डकुमेन्ट्रीमा पनि हात हालेकी थिइन् तर खासै सफलता भने पाउन सकिनन् ।

मुम्बईमा बस्न चाहन्छिन् ऐश्वर्या: 

ऐश्वर्या आफ्नो डूबिरहेको करियरलाई जोगाउन साउथ फिल्म इन्डस्ट्रीको सट्टा बलिउडमा काम गर्न चाहन्छिन् । जसका कारण उनको अधिकांश समय मुम्बईमा बितिरहेको छ । यस्तो अवस्थामा दुवैलाई सँगै बस्न मुस्किल भएको थियो । मुम्बईमा धेरै सफल महिला निर्देशकहरू छन् र बलिउडमा लिंग भेदभाव समेत कम रहेकोले ऐश्वर्या यहाँ आफ्नो करियर सेट गर्न खोज्दै छिन् ।

धनुषको व्यस्तता :

उनीहरुको सम्बन्धमा दुरीको एउटा कारण धनुषले एकपछि अर्को चलचित्र साइन गरिरहनुको साथै उनको अधिकांश समय सुटिङ र बाहिर बित्ने गरेको छ । उनी सम्बन्ध र घरलाई धेरै समय दिन सक्दैनन् । साउथ इन्डस्ट्री बाहेक उनले बलिउडका धेरै फिल्म पनि पाइरहेका छन् । हालै अक्षय कुमार-सारा अली खानसँग आएको उनको फिल्म अतरंगी रेले पनि तारिफ पाएको छ भने उनको कामको पनि तारिफ भएको छ । अतरंगी रे भन्दा पहिले धनुषले बलिउडको राँझना र शमिताभमा पनि काम गरिसकेका छन् ।  

पहिलो भेट सिनेमा हलमा भएको थियो

धनुषको फिल्म ‘कादल कोंडे’ सन् २००३ मा रिलिज भएको थियो । यो फिल्म हेर्न रजनीकान्त आफ्ना दुई छोरी ऐश्वर्या र सौन्दर्यासँगै चेन्नईको एउटा सिनेमा हल पुगेका थिए । यहाँ धनुषको परिवार पनि थियो । फिल्मको शो सकिएपछि थिएटर मालिकले धनुषलाई ऐश्वर्या र सौन्दर्याको भेट गराए । यस क्रममा धनुषले नमस्कार भने । धनुषसँग पहिलो भेटमा नै ऐश्वर्या प्रभावित भइन् । उनले धनुषलाई फूल पठाएर कुरा गर्ने इच्छा व्यक्त गरिन् । दुवैले कुरा गर्न थाले, तर मिडियाले दुईजना डेट गरिरहेको खबर प्रकाशित गरे ।

डेटिङको खबरले रजनीकान्त दुखी

रजनीकान्त आफ्नी छोरी ऐश्वर्याको लभ लाइफको बारेमा समाचार प्रकाशित भएपछि आक्रोशित भए । आफ्नी छोरीको बारेमा हुने गशिपमा उनको कडा आपत्ति थियो । धनुष पनि साउथ फिल्म उद्योगको चर्चित परिवारका हुन् । उनी निर्माता कस्तुरी राजाका छोरा हुन् । यस्तो अवस्थामा ऐश्वर्या र धनुषको परिवारले मिलेर उनीहरुको विवाह गर्ने निष्कर्ष निकाले । दुवैको २००४ मा विवाह भयो । त्यतिबेला ऐश्वर्या २३ वर्ष र धनुष २१ वर्षका थिए ।

विवाहको दुई वर्षपछि सन् २००६ मा धनुष र ऐश्वर्याको छोरा यात्राको जन्म भयो । यसपछि सन् २०१० मा उनी अर्का छोरा लिङ्गका अभिभावक बने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै