• २०८१ बैशाख १२ बुधबार

बेन्जमाको रियल म्याड्रिड छोड्ने चेतावनी !

kharibot

काठमाडौँ । करिम बेन्जेमाले यस सिजनपछि रियल म्याड्रिड छोड्ने धम्की दिएको रिपोर्ट स्पेनिस मिडियाले प्रकाशित गरेका छन् । बेन्जमाले रियल म्याड्रिडले एर्लिङ हलान्डलाई अनुबन्ध गरेमा आफुले क्लब छोड्ने चेतावनी दिएको स्पेनिस मिडियाहरुले उल्लेख गरेका हुन् ।

रिपोर्टहरूका अनुसार, बेन्जमाले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको नयाँ फरवार्ड ल्याउने प्रयासपछि यस्तो चेतावनी दिएको बताइएको छ ।

३४ बर्षिय बेन्जमाले यस सिजनमा मात्र २७ खेलमा २४ गोल गरेका छन् । विश्लेषकहरुले राम्रो प्रदर्शन गरिरहेका बेन्जमालाई साइड लगाएर हल्यान्डलाई ल्याउन नहुने तर्क गरिरहेका छन् । हल्यान्ड यस सिजनको अन्त्यमा जर्मनी क्लब डोर्टमण्ड छोड्ने तयारीमा रहेका छन् । अहिले हल्यान्डलाई भित्र्याउन खासगरी दुई स्पेनिस प्रतिद्वन्दी रियल म्याड्रिड र बार्सिलोनाबीच हानथाप भैरहेको छ । मिडिया रिपोर्टका अनुसार बेन्जमाले हल्यान्ड आएमा क्लब छोड्ने दाबि गरिएको छ । रोनाल्डोको रियलबाट बहिर्गमनपछि आक्रमणको जिम्मेवारी सम्हालेका बेन्जमाले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनले २०१८-१९ सिजनमा ३०, त्यसपछि २०१९-२० सिजनमा २७ र अघिल्लो सिजनमा रियलका लागि ३० गोल गरेका छन् ।

तर रियल म्याड्रिडका अध्यक्ष पेरेज भने ३४ बर्षिय फरवार्डको ठाउमा युवा २२ बर्षिय हल्यान्डलाई भित्र्याएर स्ट्राइकरको समस्या केहि बर्षका लागि समाधान गर्न चाहेको बताइएको छ ।

हल्यान्ड आएमा आफु नियमित खेल्न नपाउने हुनाले बेन्जमाले आपत्ति जनाएको तर्क गरिएको छ ।

बेन्जमाको रियल म्याड्रिडसँग २०२३ सम्म सम्झौता रहेको छ । मिडिया रिपोर्टका अनुसार बेन्जमाले रियल म्याड्रिड छोड्ने भएमा पिएसजीले उनलाई भित्र्याउने इच्छा देखाएको छ ।

तर यसै प्रसंगमा फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेको रियल म्याड्रिड आउने सम्भावनाका बिच भने बेन्जमाले कुनै असन्तुष्टि जनाएका छैनन् । किनकी फ्रान्सको राष्ट्रिय टिममा समेत पछिल्ला खेलहरुमा दुवैले एक साथ खेलको शुरुवात गरेर राम्रो परिणाम निकाली रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै