• २०८१ बैशाख ८ शनिबार

हजार्डको रियल म्याड्रिड मिशन असफल, बहिर्गमनको तयारी !

kharibot

काठमाडौँ । बेल्जियमका स्टार फुटबलर इडेन हजार्ड रियल म्याड्रिडबाट बाहिरिने भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रिमियर लिग क्लब न्यूक्यासलमा नयाँ व्यवस्थापन आएपछि हजार्डलाई भित्र्याउन पहल गरिरहेका छन् ।

न्यूक्यासलको प्रस्तावलाई रियल म्याड्रिडले स्वीकार गरेपनि हजार्डले भने अस्वीकार गरेको बताइएको छ । न्यूक्यासलले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टिमलाई बलियो बनाउने कसरत गरिरहेका बेला हजार्डको विषय मिडियामा आएको छ । 

न्यूक्यासलले हजार्डका लागि ४० मिलियन युरो प्रस्ताव गरेको र रियल म्याड्रिडले सो प्रस्ताव स्वीकार गरेपनि हजार्डले अस्वीकार गरेको बताइएको छ । हजार्डले आफ्नो पुनरागमन हुनेमा विश्वस्त हुदै च्याम्पियन्स लिग खेल्ने क्लबमा जान इच्छा देखाइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

न्युक्यासल जान अस्वीकार गरेपनि अब रियल म्याड्रिडमा हजार्डको भविष्य नरहेको स्पष्ट भएको छ । चेल्सीबाट २०१९ मा रियल म्याड्रिडले १२० मिलियन डलरमा हजार्डलाई भित्र्याए पनि यो कदम पूर्णतया असफल भएको छ । इन्जुरी र खराब फर्मसँग संघर्ष गरिरहेका हजार्डले अहिलेसम्म रियलमा ५९ खेल खेल्दा केवल ५ गोल गरेका छन् । जसमा यस सिजनमा खेलेका १६ खेलमा केवल एक गोल असिष्ट गरेका छन् ।

अहिले उनी रियलको प्लेइङ एघारमा पर्न पनि सकेका छैनन् । उनको ठाउमा रियलले अहिले भिनिसियस जुनियरलाई प्राथमिकता दिएको छ ।

एक रिपोर्टका अनुसार उनी पुन: चेल्सीमै फर्किन सक्ने बताइएको छ ।  चेल्सीले उनलाई भित्र्याउन चासो देखाइरहेको छ । हजार्डले चेल्सीमा ७ सिजनमा ३५२ खेल खेल्दै ११० गोल गरेका छन् भने ९२ गोल असिस्ट पनि गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै