• २०८१ बैशाख ८ शनिबार

ओमिक्रोन कोरोना महामारीको अन्त्यको शुरुवात हुनसक्छ- डा. फाउची

kharibot

काठमाडौँ । अमेरिकी वरिष्ठ भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले नयाँ भेरिएट ओमिक्रोन कोरोनाको अन्त्यको शुरुवात हुनसक्ने बताएका छन् ।

विश्व आर्थिक फोरमले आयोजना गरेको भर्चुअल कार्यक्रम 'डाभोस एजेन्डा' मा बोल्दै डा. फाउचीले अहिले ओमिक्रोन आफ्नो उच्च विन्दुमा रहेपनि यसले ठुलो मात्रामा असर नगरेको देखिएको बताउदै यो महामारीको अन्त्यको शुरुवात हुनसक्ने बताएका हुन् ।

ओमिक्रोन अत्यधिक संक्रामक छ तर केही अघिल्लो संस्करणहरू जस्तै गम्भीर रोग निम्त्याउने सम्भावना कम भएकोले, यसले यस कोभिड-१९ महामारीको अध्याय सकिनेतर्फ संकेत गरेको हुनसक्ने उनले बताए । उनले यद्यपी यो अनुमान गर्न अझै छिटो हुने बताए ।

उनले भने- 'तर यो तब मात्र हुनेछ यदि हामीले अर्को भेरिएन्ट पाउदैनौं ।'

उनले अगाडी भने- 'हामी भाग्यशाली थियौं की ओमिक्रोनले डेल्टा जस्ता केही खतरनाक विशेषताहरू देखाएन । यो खुला प्रश्न हो कि ओमिक्रोन लाइभ भाइरस खोप हुन गइरहेको छ कि छैन भनेर सबैले आशा गरिरहेका छन् किनभने तपाईंसँग नयाँ भेरिएन्ट धेरै नै आक्रामक छ तर असर त्यसरुपमा देखिएको छैन ।'

यसको मतलब मानिसहरूले जानाजानी ओमिक्रोन संक्रमण हुनुपर्छ भन्ने नभएको डा. फाउचीले बताए 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार गत हप्तामा हरेक दिन औसत १६९५ अमेरिकीको कोभिड-१९ बाट मृत्यु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै