• २०८१ बैशाख ७ शुक्रबार

बारले अब आन्दोलन भर्चुअलरूपमा गर्ने !

kharibot

काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाखिमका कारण  ‘भर्चुअल’ रूपमा गर्ने भएको छ ।

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ ।

बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि  आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै