• २०८१ बैशाख १४ शुक्रबार

सब्स्टिच्यूटपछि प्रशिक्षकसँग रिसाए रोनाल्डो !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो गएरातीको ब्रेन्टफोर्डविरुद्धको खेलमा ७०औ मिनेटमा सब्स्टिच्यूट भएपछि प्रशिक्षकसँग रिसाएका छन् ।

म्यानचेस्टर युनाइटेडले ३-१ गोल अन्तरले जितेको खेलमा अन्तरिम प्रशिक्षक राल्फ राँगनिकले रोनाल्डोलाई सब्सटिच्यूट गरेपछि उनी रिसाएका थिए ।

युनाइटेड २-० ले अगाडी रहेको बेला प्रशिक्षकले रोनाल्डोलाई हटाएर डिफेन्डर ह्यारी मग्युरोलाई मैदानमा पठाएका थिए ।

तर, प्रशिक्षकको त्यो निर्णयले रोनाल्डोलाई प्रभावित गर्न सकेन ।

रोनाल्डोले म किन ? भन्दै प्रशिक्षकलाई प्रश्न गरेका थिए । रोनाल्डो मैदानबाट बाहिरिदै गर्दा आफ्नो ज्याकेट भुइँमा फ्याँकेका थिए भने उनी एक्लै गएर बसेका थिए । रोनाल्डो रिसाएको देखेर प्रशिक्षक राँगनिक उनीसँग गएर सम्झाएका थिए । 

रोनाल्डोलाई मैदानबाट ७० मिनेटमै बाहिर निकाल्नुको कारण बारे राँगनिकले बीटी स्पोर्टसँग कुरा गर्दै यो सामान्य प्रक्रिया भएको बताए ।

राँगनिकले रोनाल्डो भर्खर सानो चोटबाट मैदानमा फर्किएको र आफुले अर्को खेललाई सोचेर रोनाल्डोलाई निकालेको बताए । उनले रोनाल्डो हरेक खेलमा गोल गर्ने चाहने खेलाडी रहेकोले उनको यस्तो प्रतिक्रिया हुनु स्वाभाविक रहेको बताए । साथै रोनाल्डोको प्रतिक्रियालाई आफुले स्वाभाविक रुपमा लिएको बताउदै आफुले टिमको हितमा निर्णय लिएको बताए ।

उनले भने- 'रोनाल्डो मैदान बाहिर आउदा मलाई हग गर्छ भन्ने आशा गरेको थिइन्, , मलाई थाहा छ गोल गर्ने खेलाडीहरूले सब्सटिच्युटलाई सहज रुपमा लिदैनन ।'

रोनाल्डोको हिपको समस्याका कारण जनवरी ३ देखि खेलेका थिएनन् । उनले युनाइटेडका दुई खेल गुमाएका थिए ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै