• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा करिब ३३ अंकको वृद्धि

kharibot

काठमाडौं । साताको कारोबारको अन्तिम दिन विहिबार नेप्सेमा करिब ३३ अंकको वृद्धि भएको छ । विहिबार नेप्से ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै विहिबार २२९ कम्पनीको ७५ हजार ५८२ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ५ अर्ब  ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार आइएमइ जनरल इन्सुरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपि हाइड्रोको १८ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका बैंकिंग र म्युचुअल फण्ड बाहेक सबै उपसूचकको मुल्य बढेको छ ।

नेप्सेका अनुसार आज विकास बैंकको सबैभन्दा बढी ३.३६ प्रतिशतले बढेको छ भने आज फाइनान्स उपसूचकको मुल्य ३.०४  प्रतिशतले बढेको छ ।

त्यस्तै आज मैलुंग खोला हाइड्रो र तेर्हथुम पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ बुद्ध भूमि हाइड्रोको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज आइसिएफसिको डिभेन्चरको शेयर मुल्य सबैभन्दा बढी ४.३९ प्रतिशतले घटेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै