• २०८१ बैशाख ७ शुक्रबार

मेसी बिना अर्जेन्टिनी टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौं । विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेसीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । 

प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेसीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । 

मेसी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्युरो बाहिर रहँदा लाउतारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् । 

ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै