• २०८१ बैशाख ६ बिहीबार

मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

kharibot

काठमाडौ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । 

लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन । 

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन ।

यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो । 

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै