• २०८१ बैशाख ४ मंगलबार

रोमान्चक जितसँगै रियल म्याड्रिड कोपाको क्वाटरफाइनलमा

kharibot

काठमाडौं । इल्चेलाई २-१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहिवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रबेश गरेको छ ।

रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन  । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए  ।

खेलको १०८औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए  । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए ।

खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै