• २०८१ बैशाख ६ बिहीबार

महालक्ष्मी विकास बैँकको खुद नाफा ४५ करोड ६२ लाख

kharibot

काठमाडौँ । यस महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीएको छ । चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ । 

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरि गत आर्थिक बर्षको पौष मसान्त सम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई  गत बर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न  सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनतर्फ उन्मुख रहेको देखिन्छ ।  

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।      


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै