• २०८१ बैशाख ११ मंगलबार

दिल्लीमा आधा कर्मचारीसहित निजी कार्यालय खोल्न अनुमति

kharibot

काठमाडौँ । भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितको संख्या घटेपछि सरकारले आधा कर्मचारीसहित निजी कार्यालय खोल्न अनुमति दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीका लेफ्टिनेन्ट गभर्नर अनिल बैजलले दिल्ली सरकारको सिफारिसलाई स्वीकृति दिएका छन् ।

यद्यपि, लेफ्टिनेन्ट गभर्नरले सप्ताहन्तको कर्फ्यू हटाउन र जोर विजोर तरिकाले थप पसलहरू खोल्ने नियमहरू परिवर्तन गर्न अनुमति दिएका छैनन्।

यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले एक पत्रकार सम्मेलनमा राज्य सरकारले सप्ताहन्तमा लगाइएको कर्फ्यू हटाउने, पसललाई सामान्य रूपमा खोल्न र निजी कार्यालयहरू आधा कर्मचारीसहित खोल्ने प्रस्ताव राखेको बताएका थिए ।

उनले यी प्रस्तावहरूलाई मुख्यमन्त्री अरविन्द केजरीवालले स्वीकृति दिएर उपराज्यपालको स्वीकृतिमा पठाएको बताए ।

दिल्लीमा एक सातामा कोरोना संक्रमितको संख्या घटेको छ ।

जनवरी १३ पछि दिल्लीमा कोरोनाका दैनिक घटनामा कमी आएको छ । बिहीबार राजधानीमा १२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । संक्रमित दर पनि २१ प्रतिशतको नजिक पुगेको छ, जुन कुनै समय ३० प्रतिशतको हाराहारीमा थियो ।

बदलिएको परिस्थितिलाई ध्यानमा राख्दै व्यवसायीले कोरोना प्रतिबन्धलाई खुकुलो बनाउनुपर्ने माग गर्न थालेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै