• २०८१ बैशाख १३ बिहीबार

भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रीका विजयी

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाले भारतविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो खेलमा दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।

भारतले दिएको २८८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउदै ४८.१ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि जन्नेमान मलानले ९१ रन बनाए भने क्वेंटन डिककले ७८ रन बनाए । त्यस्तै एडेन मार्क्रम र रस्से भान डेर डुसेनले ३७-३७ रन बनाए भने कप्तान टेम्बा बाभुमाले ३५ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउदै २८७ रन बनाएको थियो । भारतका लागि रिषव पन्तले सर्बाधिक ८५ रन बनाएका थिए भने कप्तान केएल राहुलले ५५ रन बनाए । त्यस्तै श्रदुल ठाकुरले अविजित ४० र शिखर धवनले २९ रन बनाए ।

यो जितपछि दक्षिण अफ्रीकाले तीन खेलको सिरिज २-० ले जितेको छ भने अब सिरिजको अन्तिम खेल आइतबार हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै