• २०८१ बैशाख ७ शुक्रबार

सरोगेसीबाट आमा बनिन् प्रियंका चोपडा

kharibot

काठमाडौँ । बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीको सहयोगमा आमा बनेकी छिन् । उनले इन्स्टाग्राम पोस्टमार्फत यो जानकारी दिएका हुन् ।

प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन्-'हामी सरोगेसी मार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्दैछौं भन्ने कुरा साझा गर्न पाउँदा खुसी छौं । हामी सम्मानपूर्वक हाम्रो परिवारको लागि अनुरोध गर्दछौं, कृपया यो विशेष समयमा हाम्रो गोपनीयताको ख्याल राख्नुहोस् ।'

सरोगेसी मार्फत निक–प्रियंकाको घरमा छोरा वा छोरी आएको कुनै जानकारी दिएका छैनन् । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसीमार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन् । यसअघि १७ नोभेम्बर २०२१ मा प्रीति जिन्टा पनि सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी थिइन् ।

प्रियंका चोपडा र निक जोनस बलिउडमा सबैभन्दा चर्चित जोडी मध्ये एक हुन् । दुवैले हिन्दू र क्रिस्चियन परम्परा अनुसार डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।

विवाहपछि प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट प्रियंका चोपडा जोनासमा परिवर्तन गरिन् । हालै प्रियंकाले आफ्नो नामबाट जोनास सरनेम हटाएकी थिइन्, त्यसपछि उनीहरुको सम्बन्धविच्छेदको अड्कल चलिरहेको थियो । पछि प्रियंकाले पनि आफू निकसँग अलग नभएको खुलासा गरिन् ।

हालै प्रियंका चोपडाले 'द जोनास ब्रदर्स फैमिली रोस्ट' शोमा निकसँग बच्चाको योजनाको बारेमा कुरा गरेकी थिइन् । निकका भाइहरूको उदाहरण दिँदै शोमा ठट्टा गर्दै भने, "हामी मात्र एक मात्र दम्पती हौं जसले अहिलेसम्म सन्तान जन्माएको छैन । त्यसैले आज म सबैको अगाडि यो बताउन चाहन्छु कि निक र म बच्चा जन्माउने योजनामा ​​छौं ।"

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै