• २०८१ बैशाख १३ बिहीबार

भारतमा एकैदिन ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाको मृत्यु

kharibot

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ४८८ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १७.२२ प्रतिशत रहेको छ । 

त्यस्तै भारतमा एकै दिन २ लाख ४२ हजार ६७६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २१ लाख नाघेको छ । अहिले भारतमा २१ लाख १३ हजार कोरोनाका सक्रिय केस रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८८ हजार १८४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै