• २०८१ बैशाख १२ बुधबार

नेपालमा २४ घण्टामा १० हजार २५४ संक्रमित थपिए, १६ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप १०२५४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८२१२ र एन्टीजेन परिक्षणबाट २०४२ गरि कुल १०२५४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १४९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४४६२ पिसिआर र ५७२५ नमुना एन्टीजेन परिक्षण गरि कुल २०१८७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८६२ पुगेका छन् । त्यस्तै आइसीयुमा २१० जना छन् भने देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १६०१ जना छन् भने होम आइसोलेसनमा ७१ हजार २६१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै