• २०८१ बैशाख ७ शुक्रबार

सेभिल्ला कोपा डेल रेको फाइनलमा

kharibot

काठमाडौँ । सेभिल्ला स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको दोस्रो सेमिफाइनलमा लेगानेजलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को नतिजा सहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । सेभिल्लालाई जिताउने क्रममा जोक्विन कोरेया र फ्रान्को भाजक्वेजले गोल गरेका थिए ।

यस अघि ५ पटक कोपा डेल रे को उपाधि जितेको सेभिल्लाले अन्तिम पटक २०१० मा यो उपाधि जितेको थियो । यो सहित ९ पटक कोपाको फाइनलमा पुगेको सेभिल्लाले ३ पटक भने हार बेहोरेको छ । अन्तिम पटक २००६ मा कोपा फाइनलमा सेभिल्ला हारेको थियो ।

अब सेभिल्ला आज राति बार्सिलोना र भ्यालेन्सियाबीच हुने सेमिफानलको विजेतासँग उपाधिका लागि खेल्ने छ । सो सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना १-० ले अगाडी रहेको छ ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै