• २०८१ बैशाख ८ शनिबार

भीम रावलको प्रश्न- काठमाडौँमै सिटामोलको अभाव छ, सरकारको नाफाखोरीसँग तारतम्य त छैन ?

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौँमै सिटामोलको अभाव भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल टिप्पणी गर्दै नेता रावलले काठमाडौंमा नै सिटामोलको अभाव छ भन्दै यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-  

जनस्वास्थ्य प्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा 'जनताले सिटामोलसम्म पाएका छैनन्' भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्।अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ? !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै