• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनामा हुदा कर छलेको आरोपमा सान्चेजलाई १६ महिनाको जेल सजाय !

kharibot

काठमाडौँ । हालै म्यानचेस्टर युनाइटेड गएका चिलियान स्ट्राइकर एलेक्सिस सान्चेजलाई स्पेनिस अदालतले १६ महिनाको जेल सजाय र ५ लाख २५ हजार पाउण्ड जरिवाना सुनाएको छ ।

स्पेनमा करछली प्रकरणमा मुछिएका सान्चेजलाई ९ लाख पाउण्ड कर छली गरेको आरोपमा सो सजाय सुनाएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

सन् २०१३ मा बार्सिलोनामा हुदा तस्बिर अधिकारसम्बन्धि सम्झौतामा सान्चेजले सो कर छलेको आरोप लागेको छ । सो आरोपलाई सान्चेजले स्वीकार गरेपछि उनलाई सो सजाय सुनाइएको बताइएको छ ।

१६ महिनाको जेल सजाय सुनाइएको भएपनि स्पेनिस कानुन अनुसार पहिलो केशमा दुई बर्षभन्दा कम समयको जेल सजाय भुक्तान गर्नु नपर्ने व्यवस्था अनुसार सान्चेज जेल भने जानबाट बचेका छन् ।

स्पेनमा यस अघि बार्सिलोनाका स्टार लियोनेल मेसी, रियलका पुर्व प्रशिक्षक जोसे मोरिन्हो, रियलकै लुका मोद्रिचमाथि कर छलीको आरोप लगाएर सजाय सुनाई सकेको छ । त्यस्तै रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको पनि कर छली सम्बन्धी मुद्धा अहिले चलिरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै