• २०८१ बैशाख ८ शनिबार

उत्कृष्ट प्रदर्शन गर्न अझै बाँकी छ – क्रिस्टियानो रोनाल्डो 

kharibot

काठमाडौँ । अहिलेका उत्कृष्ट फुटबलर मध्येका एक क्रिस्टियानो रोनाल्डो गत सोमबार ३३ बर्षमा लागेका छन् ।

पछिल्लो एक दशक विश्व फुटबलमा अर्जेन्टिनी स्टार लियोनेल मेसीसँगै राज गरेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शन आउन अझै बाँकी रहेको बताएका छन् । जन्मदिनको अवसरमा बोल्दै रोनाल्डोले अहिलेको प्रदर्शनबाट आफु निराश नभएको र उत्कृष्ट खेल खेल्न अझै बाँकी रहेको बताएका छन् ।

रोनाल्डो भन्छन्- मैले मेरो जीवनको उत्कृष्ट फुटबल खेलेको छु । तर अझै उत्कृष्ट आउन बाँकी छ ।’ रोनाल्डोले आफु महत्वकांक्षी रहेको बताउदै आफ्नो सपना पुरा गर्ने प्रयास सबैले गर्दछन् र आफुले पनि त्यहि गरिरहेको बताए । गतबर्ष आफ्नो क्यारियरमा निकै सफलता मिलेको भनाई क्लब र देश दुवैका लागि उपाधि जित्नु ठुलो कुरा भएको उनि बताउछन् ।

इटालीको जिक्यु म्यागजिनसँग कुरा गर्दै रोनाल्डोले व्यक्तिगत हिसाबले अहिले आफु उत्कृष्ट समयमा रहेको बताए ।

जीवन परिवर्तनशील छ भन्दै रोनाल्डोले अहिले आफुले २० बर्ह्सको उमेरमा जस्तो गर्न नसके पनि नयाँ चिज गर्ने र खेलमा सतप्रतिशत दिने प्रयासमा जहिले पनि हुने बताए । मेरो पेशामा शारीरिक रुपमा फिट हुन् अत्यन्त जरुरी छ भन्दै रोनाल्डोले त्यसका लागि आफुले कैयौ कुराहरु गुमाइरहेको पनि बताए ।

पछिल्ला केहि बर्षमा रोनाल्डोले क्लब र देशलाई उपाधि जिताए पनि रोनाल्डोको गोल संख्या भने घटिरहेको छ । रोनाल्डोले २०१४/१५ मा ला लिगामा ४९ गोल गरेका थिए भने २०१५/१६ मा ३५ र २०१६/१७ मा २५ गोल मात्र गरेका थिए । अझ यस सिजनमा ला लिगामा भने १७ खेलमा केवल ८ गोल गरेका छन् जसमा उनि खेलेका पछिल्ला दुई खेलमा ४ गोल गरेका छन् ।

रोनाल्डो ला लिगामा गोल गर्न संघर्ष गरिरहेको भएपनि च्याम्पियन्स लिगमा भने ६ खेलमा ९ गोल गरेका छन् ।

ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १९ अंकले पछि परेको रियल यस सिजनमा ला लिगाको उपाधि जित्न निकै गाह्रो देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै