• २०८१ बैशाख ७ शुक्रबार

रुपन्देहीमा दुई जनाको शव फेला

kharibot

रुपन्देही । रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र एक  महिलाको शव भेटिएको हो ।

अन्दाजी सात वर्षीया बालिका र ३५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिए । उनीहरुको पहिचान खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै