काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
काँग्रेसले शुक्रबार दिउसो ३ बजे भर्चुअल रुपमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।
काँग्रेस केन्द्रिय समितिको बैठक प्रमुख एजेण्डा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने रहेको छ ।
हाल काँग्रेसको केन्द्रीय समितिको संख्या ठुलो रहेकाले राष्ट्रिय महत्वका विषयमा निर्णय लिन सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेका हुन् ।