नारायणगढ–मुग्लिन सडकखण्डमा रोलरले च्यापेर एकको मृत्यु

खरीबोट

फाइल तस्बिर

ad

चितवन ।  भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारी नजिकै सडक मर्मत गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार को१क ४७८ नंको रोलरले आज बिहान काम गर्ने क्रममा डुम्रे घर भएका तेस्रोलिङ्गी कृष्ण गुरुङलाई च्यापेको हो । 

रोलरले च्यापेपछि घाइते गुरुङलाई भरतपुर अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । 

सम्बन्धित समाचार

नारायणगढ मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण एकतर्फी

चितवन। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।  निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः

नारायणगढ–मुग्लिन सडक ३४ घण्टापछि दुईतर्फी खुल्यो 

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३०

नारायणघाट-मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो 

काठमाडौँ । नारायणघाट-मुग्लिन सडक खण्डको पहिरोका कारण अवरुद्ध सडक करिब १८ घण्टापछि एकतर्फी  रुपमा  खुलेको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार चार किलोको पहिरो खसेको ठाँउमा साँझ ६:३० बजेबाट

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं।  पहिकोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति इच्छाकामना गाउँपालिका– ६ को कालिखोला, चारकिलो र जलविरेमा पहिरो गएपछि कुनै पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ ।  जिल्ला