• २०८१ बैशाख १३ बिहीबार

स्वरेजको निर्णायक गोलमा उरुग्वेको पराग्वेमाथि जित

kharibot

काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गत उरुग्वेले पराग्वेलाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा उरुग्वेले पराग्वेलाई १-० गोलको अन्तरले पराजति गरेको हो ।

उरुग्वेको जितमा लुइस स्वरेजले खेलको ५०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा ९० मिनेटपछिको इन्जुरीसमयमा पराग्वेका गुस्ताभो गोमेजले रातो कार्ड पाएका थिए ।

यो जितपछि उरुग्वेको १५ खेलमा १९ अंक भएको छ र विश्वकप छनौटमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै पाराग्वेको भने १५ खेलमा १३ अंक रहेको छ र पराग्वे नवौ स्थानमा रहेको छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट शिर्ष चार देश सिधै विश्वकपमा छनौट हुने छन् भने पाँचौ टिमले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने पर्ने हुन्छ । दक्षिण अमेरिकी क्षेत्रबाट कतार विश्वकपमा शिर्ष स्थानमा रहेको ब्राजिल र दोस्रो स्थानमा रहेको अर्जेन्टिना यसअघिनै छनौट भैसकेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै