• २०८१ बैशाख १३ बिहीबार

काठमाडौं उपत्यकामा विद्यालय माघ मसान्तसम्म बन्द हुने, नयाँ आदेशमा के के छ ?

kharibot

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् ।

शुक्रबार तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि जारी गरिएको नयाँ आदेशमा निजी तथा ट्याक्सी बाहेकका सार्बजनिक सवारी साधनमा जोर बिजोर हटाइएको छ भने विद्यालय माघ मसान्तसम्म नै बन्द राख्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर-विजोर प्राणली हटेको छ । निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने शुक्रबार जारी आदेशमा उल्लेख छ ।

यसअघि शुक्रबार नै बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल बन्द राख्ने निर्णय गर्न सिफारिस गरेको थियो ।

यस्तो छ नयाँ आदेश:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै