• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ उपत्यकामा थपिए १८२० संक्रमित

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८२० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १४०४ जना, ललितपुरमा ३०५ जना र भक्तपुरमा १११ जना गरि कुल १८२० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५२ हजार ७६४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३७ हजार ३४,  ललितपुर जिल्लामा १० हजार १२५ र भक्तपुर जिल्लामा ५ हजार ६०५ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३ हजार ३१८ र एन्टीजेन परिक्षणबाट १५८६ गरि कुल ४ हजार ९०४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५९२४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १३९  जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार १०१ पिसिआर र ४४६१ नमुना एन्टीजेन परिक्षण गरि कुल १४ हजार ५६२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७ हजार ३२९ पुगेका छन् । त्यस्तै आइसीयुमा २८६ जना छन् भने देशभर ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १६९३ जना छन् भने होम आइसोलेसनमा ८५ हजार ६३६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै