• २०८१ बैशाख १३ बिहीबार

इजरायलमा ओमिक्रोनको लहर घट्दो

kharibot

प्रतिनिधि तस्बीर

जेरुसेलम ।  इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले आइतबार देशले अत्यधिक सङ्क्रामक ओमिक्रोन संस्करणको लहरको अन्त्य देख्न थालेको बताएका छन् । 

बेनेटले आफ्नो मन्त्रीपरिषद्को बैठकमा भने, “हामी ओमिक्रोन लहर अन्त्य हुने प्रवृत्तिको सुरुवात देख्दैछौं ।” बेनेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे । 

हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले बताए ।  

इजरायली स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जारी गरेको रिपोर्टमा कोरोना भाइरस सङ्क्रमण दर महिनौपछि पहिलो पटक एक प्रतिशतभन्दा कम भएको उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार यो भाइरसबाट संक्रमित हुने अनुमान गरिएका मानिसहरूको संख्याको प्रतिनिधित्व गर्ने दर (आर नम्बर) जनवरीको मध्यतिर २.१२ पुगेको थियो भने यो आइतबार ०.९५ कायम भएको छ । 

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५ हजार २५८ नयाँ कोरोनभाइरस सङ्क्रमित भेटिएको पुष्टि गरेको छ । 

कूल ९४ लाख ५० जनसंख्या रहेको मुलुकमा अहिलेसम्म २७ लाख ५५ हजार जनामा कोभिड सङ्क्रमण भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

इजरायलमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा थप एक वृद्धि हुँदा कूल मृत्यु हुनेको सङ्ख्या आठ हजार ६५८ पुगेको छ भने गम्भीर अवस्थामा रहेका कोभिड–१९ बिरामीको संख्या एक हजार १० पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै