• २०८१ बैशाख ६ बिहीबार

जापानी महिला किन सुन्दर हुन्छन् ? 

kharibot

जापान । सुन्दर तथा आकर्षक बन्न खोज्नु जोसुकैको चाहना हुने गर्दछ । मानिसलाइृ सबैभन्दा पहिला उसको सौन्दर्यताले आकर्षण गर्ने गर्दछ । आजको प्रतिस्पर्धी युगमा तपाईंको आकर्षक व्यक्तित्वको लागि उपयोगी बन्नसक्छ जापानी महिलाको सुन्दरता रहस्य । 

जो कोही पनि जापानका महिलाहरुको आकर्षक त्वचा(छाला)बाट आकषित हुने गर्छन् । उनीहरुलाई उमेरले पनि त्यति फरक पारेको पाइँदैन । कसरी देखिन्छन त जापानी महिलाहरु सुन्दर ?
माचा ग्रीन टीमा कैचिन र पालपिफिनाल्स धेरै मात्रामा हुने हुँदा त्वचामा कसिलोपना आउँछ । यसमा एन्टिआक्सिडेट्सको साथै एन्टीबैक्टीरियल प्रोपर्टी हुने हुँदा यो चिया पिउनाले सुख्खापन कम भई स्किन क्लियर हुन जान्छ । 

जापानीहरु नुहाउनमा बहुत माहिर हुन्छन् । उनीहरु स्टिम बाथ सधै लिने गर्दछन, सुत्नुभन्दा पहिला स्टिम बाथ लिएर एशियल ओइल प्रयोग गर्दछन् । अरु तेल भन्दा राम्रो मानिने यसले त्वचामा प्राकृतिकपन ल्याउँछ । 

जापानी महिला सनस्क्रीन नलगाई बाहिर निस्किँदैन उनीहरुका स्मुद स्क्रीन हुनुको एउटा पक्ष यो पनि हो । यसले गर्दा धेरै उमेर भइसक्दा  पनि त्वचामा असर देखा पदैन । जापानीहरु हरेक दिन सुन्तला जातका फलफुल खाने गर्दछन्, यसमा भिटामिन सि र एन्टिअक्साइडको मात्रा धेरै पाइने हुदा यसको नियमित प्रयोगले त्वचामा दाग—धब्बा पनि देखिदैन । 

जापानी महिलाले हरेक दिन एशिएल तेलको सहयोगमा मसाज गर्छन्, यसरी यो तेल लगाएर मसाज गर्नाले त्वचा नरम बन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै