• २०८१ बैशाख ८ शनिबार

क्लास्सिक टेक 'द बिग अफर' सबै सित्तैमा

kharibot

काठमाडौँ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ ।

क्लास्सिक टेकले 'द बिग अफर' सबै सित्तैमा लन्च गरेको छ । यसमा आफ्नो  ग्राहकलाई डिस्काउन्ट, बोनसका साथै फ्री ५ जिएचजेड डुअलब्याण्ड राउटर सित्तैमा   एकमुस्ट  पाउने छन् । यसरी  ल्लाएको  भारी छुटसहितको बिग अफर नेपालमानै  पहिलो  पटक  हो । क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १५ प्रतिशत नगद छुट, ६  महिना बोनस (३  महिना इन्टरनेट र ३ महिना आइपि टिभी) र  ५ जिएचजेड डुअलब्याण्ड राउटर एकमुस्ट पाउने छन् । 

कम्पनी ले  आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ र राउटर रिप्लेस गर्नका लागी  कम्पनीको स्मार्ट इन्स्टलेसन टिमले ग्राहकको घरमा  गएर सित्तैमा डुअल ब्याण्ड ५ जीएचजेड राउटर अपग्रेड गरिदिने छ ।

डुअल ब्याण्ड राउटरले कम्पनीले दिएको  उच्च  गतिको  स्पीड लाई ग्राहककोमा इन्टरनेट अनुभव अझै राम्रो बनाउछ जसले गर्दा अन लाइन क्लास, गेमिंग, डाउनलोड, भिडियो कलमा निकै सुधार आउछ।  राउटर र फाइबर जस्तो उपकरण जटिल भएको हुनाले सोको रिप्लेसमेन्ट कम्पनीकै स्मार्ट इन्स्टलेसन टिम लेनै गर्नुपर्ने कम्पनी को  मान्यता छ।  कम्पनीले आफ्नो  ग्राहकको घर मा राखिएको राउटर, फाइबरलाई आफैले चलाउन नहुने र सो चलाएको खण्डमा फाइबर बेन्ड हुने कनेक्टरबाट तार  निस्किनेका साथै , अप्टिकल पावर लस हुने र जसले गर्दा  स्लो इन्टरनेट, बफरिंग, डिस्कनेक्ट, नो इन्टरनेटको समस्या ग्राहकले भोग्नु पर्ने हुन्छ ।  

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले कस्टमर सर्भिसलाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै