काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आयोजक नामिबियालाई एक विकेटले पराजित गरेको छ
नामिबियाले दिएको १३९ रनको लक्ष्य ९ विकेट गुमाउदै ४९.२ ओभरमा १४० रन बनाउदै पुरा गरेको थियो ।
नेपाललाई जिताउन बसन्त रेग्मीले अन्तिम सम्म खेल्दै नटआउट २४ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबिया ३४.२ ओभरमा १३८ रन बनाउदै अल आउट भएपछि नेपालले १३९ रनको लक्ष्य पाएको हो ।
नामिबियालाई सस्तैमा आउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४, सोमपाल कामी ३ विकेट लिएका थिए भने बसन्त रेग्मी, पारस खड्का र शरद भेसवाकरले एक एक विकेट लिएका थिए ।
सन्दीपले ८.२ ओभर बलिंग गर्दै २ मेडन ओभरसहित १८ रन दिएर ४ विकेट लिएका छन् ।
नामिबियाका लागि क्रेग विलियमले सर्वाधिक ४१ रन बनाए भने जेन ग्रिन र जेन फ्राईलिंकले २२-२२ रन बनाएका थिए ।