बार्सिलोना लगातर पाचौ पटक कोपाको फाइनलमा, कोन्टिन्होले गरे डेभ्यु गोल

खरीबोट

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २-० ले पराजित गर्दै समग्रमा ३-० को जित निकाल्दै कोपाको फाइनलमा पुगेको हो ।

योसँगै बार्सिलोना लगातार पाचौ पटक कोपाको फाइनलमा पुगेको छ । अब बार्सिलोना उपाधिका लागि बार्सिलोनाले सेभिल्लासँग खेल्ने छ ।

बार्सिलोनाको जितका लागि हालै बार्सिलोना आएका फिलिप कोन्टिन्होले डेभ्यु गोल गरेका छन् ।  पहिलो हाफ बराबरीमा सकिएको खेलमा खेलको ४९औ मिनेटमा कोन्टिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

कोन्टिन्होलाई लुइस स्वरेजले असिष्ट गरेका थिए । डेभ्यु गोलमा कोन्टिन्होलाई असिस्ट गरेका स्वरेजले यस अघि सन् २०१३ को फेब्रुअरीमा लिभरपुलको डेभ्यु खेलमा पहिलो खेलमा स्वरेजले नै असिस्ट गरेका थिए । बार्सिलोनामा तेस्रो खेलमा कोन्टिन्होले डेभ्यु गोल गरेका छन् ।

बार्सिलोनाका लागि दोस्रो गोल इभान राकाटीकले स्वरेजकै असिस्टमा खेलको ८२औ मिनेटमा गरेका थिए ।

यससँगै ५ पटक लगातार कोपको फाइनलमा पुगेको बार्सिलोनाले यस अघि लगातर तीन पटक कोपाको उपाधि जितेको छ । अब यस प्रतियोगिताको फाइनल अप्रिल २१ मा हुने छ ।
 

सम्बन्धित समाचार

डेम्बेले र मेसीको गोलमा बार्सिलोना कोपाको क्वाटरफाइनलमा

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको लेभान्टेविरुद्दको दोस्रो लिगमा बार्सिलोना ३-० ले विजयी भएपछि समग्रमा ४-१ को अग्रता सहित बार्सिलोना क्वाटरफाइनलमा प्रवेश

हारका बाबजुद रियल म्याड्रिड कोपाको क्वाटरफाइनलमा 

काठमाडौँ । रियल म्याड्रिड हारका बाबजुद कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा लेगानेजसँग १-० ले पराजित भएपनि पहिलो लिगमा ३-० को

मेसी र स्वरेज बिना बार्सिलोना पराजित 

काठमाडौं । बार्सिलोना कोपा डेल रे को अन्तिम १६ को खेलको पहिलो लिगमा लेभान्टेसँग पराजित भएको छ । गएराती भएको खेलमा बार्सिलोना लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो । लेभान्टेको

लेगानेजविरुद्ध रियलको सहज जित, रामोसले गरे क्यारियरको सयौ गोल 

काठमाडौँ । रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा लेगानेजलाई ३-० ले पराजित गरेको छ । गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा लेगानेजलाई पराजित गर्दै गतबर्षको हारको


z