• २०८१ बैशाख ४ मंगलबार

बार्सिलोना लगातर पाचौ पटक कोपाको फाइनलमा, कोन्टिन्होले गरे डेभ्यु गोल

kharibot

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २-० ले पराजित गर्दै समग्रमा ३-० को जित निकाल्दै कोपाको फाइनलमा पुगेको हो ।

योसँगै बार्सिलोना लगातार पाचौ पटक कोपाको फाइनलमा पुगेको छ । अब बार्सिलोना उपाधिका लागि बार्सिलोनाले सेभिल्लासँग खेल्ने छ ।

बार्सिलोनाको जितका लागि हालै बार्सिलोना आएका फिलिप कोन्टिन्होले डेभ्यु गोल गरेका छन् ।  पहिलो हाफ बराबरीमा सकिएको खेलमा खेलको ४९औ मिनेटमा कोन्टिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

कोन्टिन्होलाई लुइस स्वरेजले असिष्ट गरेका थिए । डेभ्यु गोलमा कोन्टिन्होलाई असिस्ट गरेका स्वरेजले यस अघि सन् २०१३ को फेब्रुअरीमा लिभरपुलको डेभ्यु खेलमा पहिलो खेलमा स्वरेजले नै असिस्ट गरेका थिए । बार्सिलोनामा तेस्रो खेलमा कोन्टिन्होले डेभ्यु गोल गरेका छन् ।

बार्सिलोनाका लागि दोस्रो गोल इभान राकाटीकले स्वरेजकै असिस्टमा खेलको ८२औ मिनेटमा गरेका थिए ।

यससँगै ५ पटक लगातार कोपको फाइनलमा पुगेको बार्सिलोनाले यस अघि लगातर तीन पटक कोपाको उपाधि जितेको छ । अब यस प्रतियोगिताको फाइनल अप्रिल २१ मा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै