• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर कारोबार १३ दशमलव ३१ प्रतिशतले बढ्यो 

kharibot

 साताका प्रमुख सेयर सूचकांकहरु

काठमाडौं । यो साता सेयर कारोबार रकम बढेको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७२ कम्पनीहरुको कारोबार भएको छ ।

जसअनुसार १६ हजार सात ६९ कारोबारबाट एक अर्ब ५५ करोड ११ लाख २ हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १३. दशमलव ३१ प्रतिशत बढी हो ।

गत साता एक सय ७२ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १६ हजार सात ६९ कारोबारबाट एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँबराबरका ३४ लाख ७३ हजार २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलव ४८ अंकले घटेरर अन्तिम दिन १३ सय ९१ दशमलव तीन अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९४ अंकले घटेर दुुई सय ९४ अंकमा आईपुगेको छ । 

यो साता कारोबार रकम १६ करोड ४७ लाख १० हजार रुपैयाँको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या चार लाख ६१ हजार कित्ताको आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या चार सय तीन वटाको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सूचीकरणतर्फ भने यो साता छ वटा कम्पनीहरुको बोनस, एफपिओ तथा हकप्रद सेयर सूचीकृत भएको छ । यो साता नेपाल बैंक लिमिटेड, सानिमा हाइड्रो, नबिल बंैक, कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको कारोबार भएको छ ।

त्यस्तै, यस साता सूचीकरणतर्फ बैंक अफ काठमाण्डूको एफपीओ ६१५८०६७ कित्ता, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद २३००००० कित्ता, छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस १६५९२९३ कित्ता, आईसीएफसी फाइनान्सको बोनस ८०३८८५ कित्ता, सोल्टी होटलको बोनस ८६८८२४४ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको बोनस १५०००० सेयर सूचीकृत भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै