• २०८१ बैशाख १२ बुधबार

क्लास्सिक टेक ' रिनुअल सापटी' बाट ७ दिनसम्म रिचार्ज गर्न सकिने

kharibot

काठमाडौँ । क्लास्सिक टेकले  'रिनुअल सापटी' योजना ल्याएको  को छ । यस योजना अनुसार ग्राहकले क्लासिक टेक एपबाट वान क्लिकमा ७ दिन रिचार्ज सापटी लिन सक्ने भएका छन् । यस्तो ७ दिनसम्मको  सुबिधा नेपालमा नै  पहिलो  पटक भएको कम्पनिले दाबि गरेको छ ।

क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा  १ दिनदेखि ७ दिनसम्म रिनुअल सापटी लिन मिल्ने छ । 

ग्राहकले यो सुबिधा लिनको लागी आफ्नो क्लासिक टेक एप लगइन गरेर कस्टमर पोर्टलमा गएर गर्नु पर्ने कम्पनिले बताएको छ । 

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि शुभारम्भ भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा  सञ्चालनमा  ल्याएको  छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ ।

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले कस्टमर सर्भिसलाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने  छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै