भारतद्वारा गुगललाई दुई अर्ब १७ करोड जरिवाना 

खरीबोट
ad

दक्षिण एसिया । भारतले इन्टरनेटमा खोजी गर्ने हस्ती साइट गुगलमाथि दुई अर्ब १७ करोड नेपाली रुपैयाँ जरिवाना गराएको छ ।

भारतीय प्रतिस्पर्धा आयोगले गुगललाई सर्च गर्दा जालझेल गरी प्रतिस्पर्धी कम्पनीलाई अवरोध गरेको भन्दै उक्त जरिवाना तिराएको हो । प्रयोगकर्ताहरुले उडानबारे खोजी गर्दा त्यससम्बन्धी कुराहरु सिधा गुगलको आफ्नै उडान खोज पृष्ठमा भएको सीसीआईले पाएपछि उक्त जरिवाना गरिएको बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार गुगलका प्रवक्ताले रोयटर्ससँग कुरा गर्दै सीसीआईको ध्यानाकर्षणबारे पुनर्विचार गरिरहेको बताएका छन् । 

आफ्नो एक सय ९० पृष्ठ लामो प्रतिवेदनमा सीसीआईले गुगलले आफ्ना प्रयोगकर्ता  र प्रतिस्पर्धी दुवैलाई हानि पुर्याएको आरोप लगाइएको छ । भारत मातृमोनी र उपभोक्ता संरक्षण समूहको भारतीय म्याचमेकिंग वेबसाइटले सन् २०१२ मा उजुरी दर्ता गराएको थियो ।  

गुगलले भने आफ्ना प्रयोगकर्ताको चाहनालाई सम्बोधन गर्न आफूहरु सधैँ प्रतिबद्ध रहेको बताएको छ । भारतीय आयोगले भने आफ्नो ध्यान सधैँ भारतीय प्रतिस्पर्धा कानुनअनुसार निर्णय गरेको बताएको छ । उक्त जरिवाना भारतको वार्षिक औसत आम्दानीको पाँच प्रतिशतबराबर रहेको छ । यद्यपि यसले गुगललाई गाह्रो नपार्ने बताइएको छ । 

गत हप्तामात्रै गुगलको मातृकम्पनी अल्फाबेटले एक चौमासिकमा ६.८ बिलियन डलर नाफा भएको बताएको थियो । यसअघि युरोपेली आयोगले पनि सर्च जायन्ट कम्पनी गुगलले प्रतिस्पर्धीलाई अप्ठ्यारोमा पारेको भन्दै २.४ बिलियन युरो जरिवाना गराएको थियो । यसको तुलनामा उक्त जरिवाना निकै कम रहेको छ । 

सम्बन्धित समाचार

गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स ! 

पेरु । एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो । उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस। युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु

चीनमा गोप्य सर्च इन्जिन निर्माण गर्न लागेको भन्दै गुगलका कर्मचारीको विरोध

सानफ्रान्सिस्को। चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर

प्रयोगकर्तामाथि गुगलको खेलबाड : तपाईं कहाँ हुनुहुन्छ गुगलले जसरी पनि थाहा पाउँछ !

युरोप/अमेरिका । गुगलले तपाईंले भन्न नचाहे पनि तपाईंका हरेक मुभमेन्टहरु रेकर्ड गरिरहेको हुन्छ । एपीले गरेको एउटा अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो । धेरै गुगलका सेवा र एन्ड्रोइड डिभाइस


z