• २०८१ बैशाख ६ बिहीबार

भीम आचार्यलाई दुई मतले हराउदै शेरधन राई प्रदेश १ मा नेता चुनिए

kharibot

बिराटनगर । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

राई पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै संसदीय दलको नेता निर्वाचित भएका छन् ।

५१ मत खसेकोमा राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ ।

संसदीय दलको नेता चयन भएपछि राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाइएको थियो । 

एमाले दलको नेता बन्न पार्टी सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई प्रतिस्पर्धामा थिए । साथै केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न इच्छुक रहेकोलाई समर्थन गरेका थिए । पार्टीमा आचार्य माधव नेपाल समुह र राई ओली समुहका मानिन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै