• २०८१ बैशाख ६ बिहीबार

चीनमा आगजनी गर्ने महिलालाई मृत्युदण्डको सजाय

kharibot

फाइल फोटो ।

चीन । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । 

ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् । 

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो । 

सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ । 

यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै