भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको आज मृत्यु भएको छ ।
साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन् ।