• २०८१ बैशाख ८ शनिबार

आलिया भट्टका नयाँ प्रेमी टेलिकम टाइकुनका छोरा !

kharibot

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्ट र अभिनेता रनबीर कपुरबीच अफयेर्सको चर्चा बलिवुडमा हुदै गर्दा आलियाको जीवनमा नयाँ व्यक्तिको प्रवेश भएको रिपोर्ट बाहिरिएको छ ।

यसअघि बलिवुड सम्बन्धि रिपोर्टिंग गर्ने स्पोट ब्यायका अनुसार अहिले रनबीर र आलिया पालै पालो आ-आफ्नो घरमा पार्टी गरिरहेको उल्लेख गरेको थियो ।

कट्रिनासँगको ब्रेकअप पछि पाकिस्तानी अभिनेत्री माहिरा खानसँग रनबीरको अफयेर्स चलेको बताइएको थियो । तर केहि महिना अघि दुवैको विवादित तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर पछिल्लो पटक रनबीर र माहिराबीच पनि ब्रेक अप भएको रिपोर्ट पछि रनबीरको नाम आलियासँग जोडिएको थियो ।

पछिल्लो पटक आलियाको नाम हाइक म्यासेन्जरका फाउण्डर कभिन मित्तलसँग जोडिएको छ । मिड डेका अनुसार आलिया र केभिनको भेट गत अक्टोबरमा वोर्ल्ड इकोनोमिक फोरममा भेट भएको बताइएको छ । केभिन भारतीय टेलिकम टाइकुन सुनील मित्तलका छोरा हुन् । सुनील एयरटेलका फाउन्डर र चेयरम्यान हुन् ।  

आलिया भट्ट अहिले बलिवुडमा सर्वाधिक सफल अभिनेत्री हुन् । एक पछि अर्को सफल फिल्ममा अभिनय गरेकी आलियाले यस बर्ष राजी, गली ब्याय, ब्रम्हास्त्र, शुद्धी, आशिकी-३, शिद्धत जस्ता फिल्ममा व्यस्त छिन् । फिल्ममा पाएको सफलताको चर्चा सँगै आलियाको प्रेम प्रसंग पनि चर्चित हुदै आएको छ ।

लामो समय देखि अफयेर्समा रहेका आफ्ना डेभ्यु अभिनेता सिद्धार्थ मलहोत्रासँग ब्रेकअप भएको चर्चा सेलाउन नपाउदै आलिया आफ्ना स्कुल जीवनका प्रेमी पूर्वप्रेमी अली डाडरकरसँग नजिकिएको रिपोर्ट आएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै