रसियाको राष्ट्रपतिका लागि पुटिनसहित आठ जना उम्मेदवार

खरीबोट
ad

मस्को, रसिया ।  वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । 

आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक रूपमा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठै जना उम्मेदवारहरूको नाम बर्णानुक्रम अनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ । 

उम्मेदवारी दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसलाई कुनै पार्टीको समर्थन वा सिफारिस छैन ।  त्यसैगरी एक जना अपेक्षित उम्मेदवार रहेका छन्, जसले कम्तिमा तीन लाख मतदाताहरूको हस्ताक्षर नै संकलन गरेका छन् । 

रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने हरेक व्यक्तिले कम्तिमा एक लाख मतदाताको हस्ताक्षर बुझाउनै पर्ने व्यवस्था रहेको छ ।  वर्तमान राष्ट्रपति पुटिन अहिले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्  । 

सम्बन्धित समाचार

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

भारत रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नेछन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट

रसियन राष्ट्रपति पुटिन अर्को हप्ता भारत आउदै 

नयाँ दिल्ली। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् ।  अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी

जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव

मस्को, रूस। रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा

चिनीयाँ राष्ट्रपति सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

भ्लादिभोस्टोक, रूस। चीनका राष्ट्रपति सी चीनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ ।  भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा


z