• २०८१ बैशाख ७ शुक्रबार

अन्तर्राष्ट्रिय मेयर सम्मेलनमा भाग लिन मेयर शाक्य इजरायलतिर

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र महानगरका कार्यकारी धनिराम शर्मा पौडेल साता लामो इजरायल भ्रमणमा निस्किन लागेका छन् ।

आज मध्याह्न १२ः५५ को फ्लाइटमा उनीहरु इजराजयल जान लागेको महानगरले जानकारी दिएको छ । 

उनीहरु इजरायलमा हुन लागेको विश्व मेयर सम्मेलनमा भाग लिन त्यसतर्फ जानलागेका हुन् । उक्त सम्मेलनमा विश्वका २० भन्दा बढी देशका मेयरहरु सहभागी हुने महानगरले बताएको छ ।

साताव्यापी भ्रमणका क्रममा मेयर शाक्यले विश्वका मेयरहरुसँग अनुभव साटासाट गर्नुका साथै विकास निर्माणका बारेमा पनि छलफल गर्नेछन् ।  

उनीहरु आगामी शुक्रबार स्वदेश फर्किनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै