• २०८१ बैशाख ४ मंगलबार

अब अण्डाबाटै मान्छेको जन्म ! वैज्ञानिकले ल्याबमा बनाए मानवीय अण्डा !

kharibot

एडिनबर्ग युनिभर्सिटीका वैज्ञानिकले प्रयोगशालामा मान्छेको अण्डा विकसित गरेको दाबी गरेका छन् । सामान्य शरीरसँगै जन्म लिने हरकोही स्त्रीहरुमा सामान्यतया करिब १० देखि २० लाख अविकसित अण्डाणु रहेको हुन्छ । किशोरावस्था हुँदै शरीर विकसित हुने क्रममा यही अण्डा हरेक महिना विकसित भइरहेको हुन्छ, जसलाई मासिक चक्र भनिन्छ । 

एडिनबर्गमा मिलेको यस्तो सफलतापछि अब अविकसित अण्डाणुलाई मान्छेको शरीरबाहिर ल्याबमा समेत विकसित गर्न सकिनेछ । वैज्ञानिकहरुका अनुसार यो तरिकाले क्यान्सरको उपचार गरिरहेका बालिकाहरुको अण्डा बचाउन वरदान साबित हुनेछ । यद्यपि यो तरिकालाई असलियतमा प्रयोग गर्नुअघि नै धेरै काम भने गर्नै बाँकी रहेको छ  । यी अण्डालाई ल्याबमा विकसित गर्न सजिलो छैन । यसको लागि अक्सिजन र हर्मोनहरुबाहेक प्रोटिन पनि दिनुपर्छ । यो तरिका यति गाह्रो छ कि अहिलेसम्म केवल १० प्रतिशत अण्डामात्रै पूरै विकसित भएका छन् । 

यस्तो दाबीका बाबजुद यसमाथि थुप्रै शंका र उपशंका पनि उठेका छन् । क्यान्सरको उपचारको बेला कीमोथेरापी र रेडियोथेरापीबाट बाँझो हुने खतरा उत्तिकै हुन्छ । महिलाहरु उपचार गर्न सुरु हुनुअगाडि नै आफ्नो अण्डा फ्रिज गराउन सक्छन् । यहाँसम्म कि फर्टिलाइज गरिएको भ्रूण पनि ल्याबमा सुरक्षित राख्न सकिन्छ । तर क्यान्सरसँग जुध्दै गरेकी सानी बालिकाहरु यस्तो गर्न पाउँदैनन्, किनकि उनीहरुको मासिक धर्म नै सुरु भएको हुँदैन । 

अहिले यस्ता बच्चाहरुमा उपचार सुरु गर्नुपहिले अण्डाशयको टिस्युलाई फ्रिज गरेर ठूलो भएपछि पुनः शरीरमा लगाउन भने सकिन्छ । तर यदि यसो गर्दा केही गडबड भयो भनेचाहिँ उनी आमा बन्न नसक्ने पनि हुनसक्छिन् । यस्तो अवस्थामा अण्डा विकसित गर्नु एकदमै सुरक्षित विकल्प हुनसक्ने दाबी गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै