• २०८१ बैशाख ४ मंगलबार

किसानका हितमा काम गर्नुपर्ने : अध्यक्ष दाहाल

kharibot

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुनेछौ भनेका छन् । 

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औँ साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज रामनगरमा सम्बोधन गर्दै उनले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गरे । 

उनले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताए । 

हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उहाँले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताए । उनले भने, ‘सिंगो राष्ट्रको संमृृद्धि तर्फ र नयाँ यात्रातिर नेपाल जाओस् भन्ने मेरो चाहना छ ।’ राज्यले नीति र ऐन कानून, नियम निर्देशिकामा सुधार गर्ने कुरामा ध्यान पु¥याउन नसकेको उनले बताए ।

सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०÷१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याए । 

प्रदेश नं ३ का भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डा बंसि शर्माले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति नभएको बताए । उद्योग वाणिज्य महासंघका सदस्य डा तिलचन्द्र भट्टराईले वार्षिक रु १७ अर्ब भन्दा बढीको मकै, भट्टमास, सूर्यमुखी पिनालगायतका कच्चा पदार्थ विदेशबाट आउने गरेको बताए । 

अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानले लागत मूल्य पनि पाउन नसकेको, पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्रन थालेको, ब्याज छुट नपाएको लगायतका समस्याका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा भरतपुर महानगरपालिका–१ रामनगरमा संघको नाममा रहेको तीन कठ्ठा तीन धुर जग्गामा संघको कार्यालय भवनको प्रमुख अतिथि दाहालले शिलान्यास गरेका थिए । संघका महासचिब त्रिलोचन कँडेलका अनुसार कार्यालय कक्ष र सभाहल गरी करिब रु ७५ लाखमा भवन निर्माण गरिने छ । संघमा देशभरका सात सय अण्डा उत्पादन गर्ने कृषक र व्यवसायी आवद्ध छन् । 

१५ सदस्यीय कार्यसमिति चयन गर्दै संघको अधिवेशन आजै सम्पन्न हुँदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै