हङकङमा बस दुर्घटनामा १८ जनाको मृत्यु

खरीबोट
ad

हङकङ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको हो ।

उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घानाको अनुसन्धान शुरु गरिएको छ । घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल गएका थिए ।

 


z