• २०८१ बैशाख ७ शुक्रबार

‘शत्रु गते’को टिजर हलमा रिलिज 

kharibot

काठमाडौं । पछिल्लो समय गीत र स्टारकास्टमार्फत चर्चामा रहेको फिल्म ‘शत्रु गते’को टिजर हलमा रिलिज भएको छ ।

फिल्म युनिट टिजरलाई हलमा मात्र रिलिज गरेका छन् । सार्वजनिक गीत रुपै मोहनी र पिरतीको बर्कोले राम्रो चर्चा बटुलिरहेको छ । पिरतीको बर्को ट्रेण्डिङमै रहिरहँदा निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेको हो । 

प्रदर्शनरत फिल्म ’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएका छन् ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यसफिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ । 

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । 

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै